पूर्व सांसद सुब्बाद्धारा कोभिडका विरामीका लागि निशुल्क एम्वुलेन्स सेवा
काठमाडौं । विघटित प्रतिनिधि सभा सदस्य महेन्द कुमारी सुब्बाले कोभिड संक्रमित विरामीहरुलाई समयमै उपचारका लागि अस्पताल पुर्याउन निशुल्क एम्वुलेन्स सेवा प्रदान गर्ने घोषणा गर्नुभएको छ ।

सुब्बा अध्यक्ष रहेको श्री मुगाधन कृष्णकुमारी राई स्मृति प्रतिष्ठानको एम्बुलेन्स झापा निर्वाचन क्षेत्र नं ५ र आसपासका कोभिड संक्रमित विरामीलाई समयमै अस्पताल पुर्याउनका लागि प्रयोग गरिने भएको छ । उक्त कार्यको समन्वय भने नेपाली काग्रेस, झापाको ५ नम्वर क्षेत्रिय समितिले गर्नेछ । सो सेवा मुलुकमा कोभिडको महामारी अन्त्य नभएसम्म उपलव्ध गराइने छ ।

नेपाली कांग्रेसको महासमिति सदस्यसमेत रहेकी पूर्व सांसद सुब्बाको सचिवालयले कोरोना भाईरसको महामारीबाट आक्रान्त भएको यो बेला सबैलाई उच्च मनोवलका साथ सेनिटाईजर, मास्क र भौतिक दुरी कायम गर्नेजस्ता स्वस्थ्य सावधानी अपनाउन आग्रह गर्दै उपचाररत कोभिड संक्रमित विरामीहरुलाई शीघ्र स्वस्थ्य लाभको समेत कामना गरेको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



