
समाजसेवी इशा गुरुङलाई कोरोना पोजेटिभ- फेसबूकमा भइन भाबुक ( भिडियो )

बेलायत (लन्डन) मा रहेर पनि नेपालमा लामो समयदेखी समाजसेवामा निरन्तर लागि परेकी चर्चित समाजसेवी इशा गुरुङ् लाई कोरोना पोजेटिभ पुस्टी भएको छ।
शुक्रबार आफ्नो फेसबूकमार्फत स्टाटस लेख्दै आफु कोरोना पोजेटिभ भएको जानकारी दिएकी थिइन। उनिले आफ्नो फोटो फेसबूकमा शेयर गर्दै लेखेकी छन। ”डियर कोरोना तिमीले मलाइ पनि छाडेनौ , हजुर लाइ धन्यवाद , म जनवरी २२ तारीक सम्म आइसोलेशनमा अनुशासित सहित नियम पालना गर्नेछु”

इशाले हालै मात्र सियोना बचाउ अभियानको लागि लाखौं सहयोग सङ्कलन गर्न सफल भएकी थिइन।
संसारभरिबाट इशाका लागि सुभेक्षुकहरुले उनको श्वास्थ्य लाभको कामना गरिरहेका छन। पहिलो प्रहर परिवार पनि उनको शिघ्र श्वास्थ्य लाभको कामना गर्दछ।

[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



