
नाका खोल्न माग गर्दै विराटनगरमा प्रदर्शन
१९ मंसिर, विराटनगर । नाका खुला गर्न माग गर्दै विराटनगरको सीमावर्ती क्षेत्रमा प्रदर्शन सुरु भएको छ ।
११ चैतयता बन्द भएको नाका खुला गर्न माग गर्दै नेपाल भारत खुला सीमा संवाद समूह प्रदेश १ ले सीमा क्षेत्रमा प्रदर्शन सुरु गरेको हो ।
समूहले शुक्रबार नाका खुला गर्न माग गर्दै सीमा क्षेत्रमा धर्ना दिएको छ । नाका खुला नभएसम्म धर्ना कार्यक्रम जारी राख्ने धर्ना कार्यक्रमका संयोजक राकेश रोशन यादवले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


