म्हःपूजा किन र कसरी गर्ने ?

आजबाट नेपाल संवत् ११४२ सुरु हुँदै छ । यस दिनलाई नेवार समुदायले नयाँ वर्ष अर्थात् न्हुँदका रूपमा मनाउँदै आइरहेका छन् ।

नेवार समुदाय उसै पनि आफ्ना जात्रा, पर्व तथा उत्सवहरूलाई धुमधामका साथ मनाउन चिनिएको समुदाय हो । त्यसैले नयाँ वर्ष पनि उनीहरू भव्य रूपमा मनाउँछन् ।

यस दिनको मुख्य विशेषता भनेको म्हःपूजा अर्थात् आत्मा पूजा हो । म्हःपूजा आफूले आफैँलाई पुज्ने पर्व हो ।

आफ्नो पूजा किन गर्ने ?

भगवान्को बास यत्रतत्र हुने हुनाले आफूभित्र पनि भगवानको बास हुन्छ भन्ने विश्वासबाट यो पूजाको प्रचलन सुरु भएको मान्यता छ ।

नयाँ वर्षमै यो पर्व मनाउनुको उद्देश्य भने गत वर्ष आफूले गरेका दुष्कर्म र पापबाट आफूलाई शुद्ध पारेरसुस्वास्थ्य, दीर्घायु र समृद्धिका लागि कामना गर्दै सकारात्मक सोचका साथ नयाँ वर्षलाई स्वागत गर्नु रहेको संस्कृतिविद्हरू बताउँछन् ।

कहिले ?

Sagoon Host

यो पूजा हरेक वर्ष तिहारको चौथो दिन अर्थात् भाइटीकाको अघिल्लो दिनपर्छ । चन्द्रमास अनुसार यो दिन कार्तिक शुक्ल प्रतिप्रदा तिथि हो ।

यसै दिनबाट नेपाल संवत्को पहिलो महिना -कछला) सुरु हुन्छ । तिथि विवादका कारण यो वर्ष केहीले आइतबार नै मनाए भने केहीले सोमबार यो पर्व मनाउँदैछन् ।

म्हःपूजा प्रायः साँझपख गरिन्छ भने केहीले ज्योतिषी तथा पुजारीहरूसँग परामर्श लिएर पूजाको साइत जुराई पूजा गर्छन्।

20% OFF SAGOON

नेवार समुदाय अन्तरगत नै केही समुदायले भने यो पूजा बिहानीपख गरेर दिनभर व्रत बस्ने गरेका पनि छन् ।

कसरी ?

यस पूजाका लागि प्रायः हातैले बनाइने मण्डलले बिशेषतः तीन, सात वा नौ तत्त्वहरू चित्रण गर्दछन् । म्हःपूजा मण्डलमा नौ ओटा चित्रहरू हुनुपर्दछ भन्ने अधिकांशको मान्यता छ । ती चित्रहरू हुन् ः नागको प्रतिबिम्ब, कमल, रेसमको कपडा, अमृत, एक जोडी माछा, एउटा छाता र देब्रे शङ्ख ।

हिरण्यवर्ण महाविहारका पूजारी दीपक गुर्जूका अनुसार यी प्रतीकहरूमा गहिरो अर्थ लुकेको छ । उदाहरणका लागि, नागको प्रतिबिम्बलाई हीराभन्दा पनि बहुमूल्य मानिन्छ र यसले मानिसहरूलाई रोगव्याधिबाट मुक्त बनाउँछ भन्ने मान्यता छ ।

जसरी हिलोबाट निस्केको भएता पनि कमलको फूल त्यसबाट अलग हुन्छ, त्यसरी नै मण्डलमा बनाइएको कमलरूपी स्वरूपले मानिसलाई रोग, दोष र मोहबाट अलग राख्न प्रेरित गर्छ । साथै यसलाई हेर्दा मात्र पनि भाग्य बलियो हुन्छ भन्ने विश्वास छ ।

त्यति मात्रै होइन, पूजाको अन्त्यमा दिइने सगुनले पनि छुट्टै महत्त्व राख्दछ । सामान्यतः सगुनका रूपमा उसिनेर भुटेको अण्डा र माछा दिइन्छ । प्रतीकात्मक हिसाबले माछा र अण्डा दुबै विपरीत हुन् ः माछा जलको प्रमुख प्राणी हो भने अण्डा आकाशमा उड्ने चराको उत्पत्ति स्रोत हो । अण्डा र माछालाई सगुनका रूपमा दिएर परिवारकी जेठी महिलाले सम्पूर्ण परिवारजनको ज्ञानदर्शन प्राप्तिको कामना गर्दछन् ।

मौलिकता हराउँदै

पुजारी गुर्जू म्हःपूजाको विधिमा मौलिकता हराउँदै गएको गुनासो गर्छन् । आहिले प्रायः सहरतिर मण्डलमा गाईको गोबरको सट्टामा रातो माटोले लिपिन्छ । अझ केहिले त पानसको सट्टामा मैनबत्ती बाल्छन् ।

यसले सहरी मानिसहरूमा पूजाको मौलिकता झल्काउन समय र साधन दुबैको अभाव भएको प्रस्ट देखिन्छ ।

गुर्जूका अनुसार उनका हजुरबुबाको पालामा मानिसहरूले मण्डलमा पुरै नौ प्रतीक र स्वरूपहरू बनाउँथे र सातै तत्त्वहरू राख्थे ।

तर आजभोलि भने मानिसहरूले मुस्किलले खैरो चामल, धान र लाबा गरी मुस्किलले तीन तत्त्वहरू राख्ने गरेका छन् ।

पूजाविधि तथा मनाउने शैली परिमार्जित हुँदै आए पनि यस पूजाको सार भने यथावत् नै छ । प्रायः लक्ष्मी पूजाको भोलिपल्ट मनाइने म्हःपूजामा एक सुन्दर सांस्कृतिक ˆयुजन छ, जसमा अघिल्लो दिन पुजिने लक्ष्मीको पनि उपासना गरिन्छ ।

नेवारहरू उत्सुकताका साथ यस चाडको लागि प्रतीक्षा गर्छन् र यसलाई भव्यताका साथ मनाउँछन् । न्हुदँ वर्षको यस्तो दिन हो, जुन दिन व्यक्तिहरू आफूले आˆनो जीवनमा पाएका सफलता र असफलतालाई नियाल्न पाँउछन् र अगामी दिनहरूका लागि आशावादी हुन्छन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु