डा. गोविन्द केसी रसुवामा बिरामी जाँच्दै

५ कात्तिक, रसुवा । प्रा. डा गोविन्द केसीले रसुवाको स्वास्थ्य संस्थामा गई स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गरेका छन् ।

रसुवा अस्पताल धुञ्चेका अनुसार तीन दिनदेखि प्रा. डा. केसीले विशेष गरी हाडजोर्नीमा समस्या आएका बिरामीको परीक्षण गरिरहेका छन् ।

उनले सयौँ बिरामीको रोग परीक्षण गरेको तथा तथा परामर्श दिइसकेका छन् । हालसम्म बिरामी जाँच्न छ पटक रसुवा पुगेका केसी यही कात्तिक २६ सम्म जिल्लामा रहनेछन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु