
राष्ट्रपति विद्यादेवी भण्डारीको जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न निर्देशन
२८ भदौ, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जोखिमयुक्त बस्ती सुरक्षित क्षेत्रमा स्थानान्तरण गर्न निर्देशन दिएकी छन् । बाह्रबिसे नगरपालिकाका नागपुजे र भिरखर्चमा पहिरोले ठूलो जनधनको क्षति गरे लगत्तै राष्ट्रपतिले यस्तो निर्देशन दिनुभएको हो ।
‘२०७२ सालको भूकम्पबाट देशका विभिन्न भाग थङ्थिलो बनेकामा सिन्धुपाल्चोक लगातार पहिरोको जोखिममा परिरहेको छ । त्यहाँ फेरि पहिरोबाट जनधनको क्षति भएकोमा दुःखी भएको छु’ राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘भौगोलिक संवेदनशीलताको अध्ययन गरी जोखिमयुक्त वस्ती सुरक्षीत क्षेत्रमा स्थानान्तरण गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दछु ।’
गृह मन्त्रालयका अनुसार गत बैशाख यता बाढी, पहिरो र चट्याङबाट ३५० जना भन्दा बढीको ज्यान गईसको छ भने १०० भन्दा बढी बेपत्ता छन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


