भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर निधन

काठमाडौँ — भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको छ । भारतीय वायु सेनाले तमिलनाडूको कुन्नुर नजिकै भएको हेलिकोप्टर दुर्घटनामा रावतको मृत्यु भएको जानकारी दिएको छ ।

रावतसहित उनको पत्नि मधुलिका र थप ११ जनाको निधन भएको छ ।

रावत सवार हेलिकोप्टर बुधबार दिउँसो निलगिरिमा दुर्घटनाग्रस्त भएको थियो । रावत भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ हुन् । यसअघि उनी भारतीय स्थल सेनाध्याक्ष रहेका थिए ।

उत्तराखण्डको गडवालमा सन् १९५८ मार्च १६ मा जन्मिएका रावत सन् १९७८ मा ११ गोर्खा राइफल्समा भर्ना भएका थिए । रावतले सन् २०२० जनवरीबाट भारतको चिफ अफ डिफेन्स स्टाफको जिम्मेवारी सम्हालेका हुन् ।

Sagoon Host
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु