
पश्चिम नवलपरासीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु
८ मंसिर, काठमाडौं । पश्चिम नवलपरासीको सुनवल नगरपालिका-४ रम्भापुरमा ट्रकको ठक्करब्ााट दुई जनाको मृत्यु भएको छ ।
भुस बोकेको प्रदेश २-०३००१ ख ४५२४ नम्बरको ट्रकले गएराति ठक्कर दिंदा स्थानीय दुई जना पैदलयात्रीको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रम्भापुर गैंडाखाल बस्ने २६ वर्षीय दुर्गा काफ्ले र ४० वर्षीय टिकानाथ कँवर रहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
सिन्धुलीमा मोटरसाइकल चालकको मृत्यु
यसैगरी सिन्धुलीको दुधौली नगरपालिका-२ गागन भन्ने स्थानमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
गएराति १० बजे ज ९ प ९४३६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक दुधौली नगरपालिका-१ का ४५ वषर्ीय दिलिप अधिकारीको मृत्यु भएको हो । अधिकारीको चन्दनपुर पोलिक्लिनिकमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



