
पूर्व राजाको लोकप्रियताले लुटेराहरु छटपटिन थालेको पाण्डेको ठहर
काठमाडौं । एकीकृति शक्ति नेपालका कोषाध्यक्ष तथा युवा व्यवसायी श्याम पाण्डेले देशमा बढ्दो अनियमितता, वेथिति, भ्रष्टाचार र लुटतन्त्रबारे गम्भीर चिन्ता व्यक्त गर्दै देशलाई अहोरात्र लुट्न पल्केकाहरु पछिल्लो समयमा पूर्व राजाको लोकप्रियता बढेसंगै छटपटिन थालेको बताएका छन् ।


हालै उनले आफ्नै फेसबुकमा सटिक स्टाटस लेख्दै भनेका छन्, “जनता कति दिन चोरहरुको साक्षी हुने ? राजा आवश्यकता होइन, अपरिहार्य भएको छ । राजाबिना विकास होला तर अपूर्ण छ । राष्ट्रियता संकटमा पर्ने निश्चित छ ।” पाण्डेले अहिले मुलुकमा विद्यमान द्धन्द्ध मुख्यतः लुटेराहरु र लुट्न नपाएकोहरु बीचको भएको समेत औल्याएको छन् ।
युवा व्यवसायीका रुपमा परिचित श्याम पाण्डे केही समय अघि वरिष्ठ पत्रकार देव प्रकाश त्रिपाठीको अध्यक्षतामा गठित एकिकृत शक्ति नेपालका कोषाध्यक्ष हुन् । देशमा बढेको अराजकता, वेथिति र लुटतन्त्रका कारण मुलुक नै नरहने अवस्था आउनसक्ने महशुस गरेपछि आफू व्यवसायी हुदाहुदै अभियानमा जोडिन पुगेको उनले पहिलो प्रहरलाई बताए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


