राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको कोरोनाबाट निधन

३ भदौ, काठमाडौं । राजधानी दैनिकका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट निधन भएको छ । ६७ वर्षीय शेरचनको सशस्त्र प्रहरीको एपीएफ अस्पतालमा बुधबार साँझ निधन भएको हो ।

उनलाई दुई हप्ता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो । पशुपतिस्थित आर्यघाटमा आजै ११ बजे उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

उनी मिडिया अलाइन्सको उपाध्यक्ष र विज्ञापन बोर्ड सदस्य थिए । वैदेशिक रोजगार व्यवसायी संघको संस्थापक अध्यक्षसमेत रहेका शेरचन मिडिया सोसाइटीको पूर्वअध्यक्ष पनि हुन् ।

उनका श्रीमती, तीन छोरा र एक छोरी छन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु