
महाकाली नदीमा पुरुषको शव भेटियो
१७ असार, धनगढी । कञ्चनपुरको महाकाली नदी किनारमा पुरुषको शव फेला परेको छ । बुधबार साँझ दोधारा चाँदनी झोलुङ्गे पुल नजिकै अन्दाजी ४५ वर्षीय पुुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमले जानकारी दिए ।
बमका अनुसार महाकाली नदीले बगाएर ल्याएको जस्तो देखिने शवको पहिचान हुन सकेको छैन । उनको शव महाकाली अस्पतालमा राखिएको छ ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


