
कोरोना महामारिका बेला बारम्बार उत्कृष्ट सेवा र परामर्श दिने धनगढीका स्वास्थ्यकर्मी सम्मानित
सुदुरपश्चिम प्रदेशको कैलाली जिल्ला धनगढीस्थित नोभा अस्पतालका स्वास्थ्यकर्मी सम्मानित भएका छन् । उत्कृष्ट सेवा प्रदान गरेको भन्दै कैलालीको गोदावरी नगरपालिका २ का जगवीर थापाले नोभा अस्पतालका ४ जना डाक्टर सहित स्वास्थ्यकर्मीहरूलाई सम्मानित गरेका हुन । थापाका बुवा चन्द्र बहादुर थापा डायरियाका बिरामी थिए। वैशाख ११ गते स्वास्थ्यमा केही समस्या देखियो। कोभिड-१९ को त्रास थियो। सुरुवातमा परिवारले अस्पताल लैजान मानेनन्। त्यसपछि १३ गते उपचारका लागी धनगढीस्थित नोभा अस्पताल लगे।
सामान्य उपचार पश्चात् १४ गते अस्पतालले डिस्चार्ज गर्यो। २४ गते अक्सिजनले लेभल कम भयो स्वास्थ्यमा एकाएक समस्या देखिए पछि फेरी उनलाई नोभा अस्पताल लगियो। चेकजाँच गराउँदा कोरोना भाइरस पोजेटिभ आयो । परिवारका सदस्य आत्तिए। तर चिकित्सकको राम्रो परामर्श र उपचारले उनले कोरोनालाई परास्त गरे। कोभिड-१९ जितेका चन्द्र बहादुर थापा फेरी अर्को समस्यामा परे । उनलाई जेष्ठ २ गते ह्रदयघात भयो । यसबाट परिवारका सदस्य झनै आत्तिए । सुरुमा डायरियाका बिरामी उनी त्यसपछि कोरोना सङ्क्रमण र ह्रदयघातले गर्दा परिवारका सदस्यमा डर, त्रास र चिन्ताले सताइरहेको थियो। नोभा अस्पतालका चिकित्सक उनी र उनको परिवारका लागी भगवानै भएर प्रकट भए।
डा. रामचन्द्र पौड्याल र उनको टिम दिनरात उनको उपचारमा खटियो । उत्कृष्टसेवा पश्चात्अहिले जगवीर थापाका बुवा चन्द्र बहादुर थापा खतराबाट मुक्त भएका छन । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ। ‘बुवा पहिले देखिनै डायरियाका बिरामी हुनुहुन्थ्यो, वैशाख ११ गते स्वास्थ्यमा समस्या देखिएपछि नोभा अस्पताल लग्यौँ, चेकजाँच गर्दा कोरोना पोजिटिभ देखियो, ‘थापाले भने।’केहि दिनकोअस्पताल बसाइ पश्चात बुवा कोरोना मुक्त हुनुभयो। ’तर जेठ २ गते बुवालाई ह्रदघात भयो। हामी सबै आत्तियौँ, तर डाक्टर रामचन्द्र पौड्याल र उनको टिमले हामीलाई परामर्श गर्नुभयो, बुवाको राम्रोसँग उपचार गर्नुभयो, अहिले बुवाको स्वास्थ्य ठिक छ। ’कोभिडको बेला दिनरात नभनी आफ्नो काममा तल्लीन स्वास्थ्यकर्मीलाई हौसला स्वरूप सम्मान गरेको उनले बताए।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


