“सँगसँगै अभियान” द्वारा बेलौरी नगरपालिकामा हेल्प डेस्क सञ्चालन र स्वास्थ्य सामाग्री हस्तान्तरण

कंचनपुर, कोभिड–१९ को दोस्रो लहरको व्यवस्थापन प्रणाली अन्तर्गत  बुधबार बाट बेलौरी नगरपालिका परिसरमा नागरिक सहायता कक्ष सञ्चालन भएको छ । महिला नेतृ स्वैच्छिक तवरले सुरु गरिएको सँगसँगै अभियानले बेलौरी नगरपालिका र नेपाल राष्ट्रिय  समाज कल्याण संघ (NNSWA) को सहकार्यमा नागरिक सहायता कक्ष सञ्चालन र बेलौरी नगरपालिकालाई विभिन्न आवश्य स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो।  

“कोभिडको समयमा कोभिड संक्रमित तथा दीर्घरोगी र भईपरी आउने स्वास्थ्य समस्याबाट कोहि पनि नागरिकले सास्ती झेल्न नपरोस् भन्ने उद्धेश्यका साथ नागरिक सहायता कक्ष सुरु गरेका हौ”, अभियानका संयोजक लक्ष्मी श्रेष्ठले बताउनुभयो ।

नागरिक सहायक कक्षमा स्वास्थ्य सामग्री तथा भिटामीन सी, सिटामोल, निम्स, जिंक चक्की, भिटामीन डी लगायत औषधी, मास्क, स्यानिटाईजर, ग्लोभ्स, अक्सिमिटर, थर्मगन आदि राखिएका छन् । 

Help desk sangsangai

“हामी यो कक्ष मार्फत् हटलाईन नम्बरमा आएका स्वास्थ्य समस्याको समाधान खोज्नमा सहयोग गर्ने, कोभिड संक्रमित व्यक्तिको अवस्था हेरि नगरपालिका स्वास्थ्य शाखासँग समन्वयन गरी आवश्यक सल्लाह दिने, संक्रमित व्यक्तिलाई पोषण युक्त खानेकुराको व्यवस्था गर्ने, दीर्घकालीन रोगी तथा सम्पर्कमा आएका बिरामीहरुबाट डाक्टरको प्रेस्किप्सन र नगरपालिकाको सहमतिमा घरदैलौमा औषधी पुर्याउने र सम्पुर्ण सहयोगको प्रतिवेदन तथा अभिलेख राख्ने काम गर्नेछौँ” बताउनुहुन्छ कार्यक्रमका अर्का अभियन्ता अनुपमा महतारा । 

help desk belauri

 

Sagoon Host

“यो सँगै अभियानले अक्सिजनको जोहो गर्ने, राहत सामग्री दाताको खोजी तथा स्थानीय सरकारसँग समन्वयन गरी वितरण गर्ने पनि यस अभियानको उद्देश्य रहेको यसै अभियानका अभियान्ता हिमेश थापा बताउछन् ।”

 हालसम्म बेलौरी नगरपालिकालाई ६ वटा, पुर्नवास नगरपालिकालाई ८ वटा र ईर्मजेन्सि अवस्थामा रहेको ३ जना कोभिड संक्रमित बिरामीलाई ३ वटा अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । अब अभियानले पुर्नवास नगरपालिका, लालझाडी गाउँपालिका र बेलडाँडी गाउँपालिकामा पनि नागरिक सहायता कक्ष लगायत अन्य स्वास्थ्य सामग्री चाँडै नै सहयोग गर्ने योजना बनाएको ̋ अभियान्ता रुपेश वि.क बताउछन् ।

 

20% OFF SAGOON

 त्यस्तै, NNSWA का बेलौरी शाखा प्रतिनिधि मीरा श्रेष्ठले कोभिड व्यवस्थापनमा सामाजिक उतरदायित्वलाई वहन गर्दै मानवीय सहायता अन्र्तगत यो सहकार्य गरेको बताउनुभयो । “नागरिक सहायता कक्ष अन्तर्गत हटलाईन नम्बरमा आएका जिज्ञासाहरुको व्यवस्थापन गर्ने, कोभिड संक्रमित व्यक्तिलाई आवश्यक सहयोग गर्ने र पालिका आईसोलेसन केन्द्र तथा घरमै आईसोलेसनमा बसेका संक्रमितलाई मास्क, स्यानिटाईजर, ग्लोभ्स, पि.पि.ई सेट, अक्सिमिटर, लामखुट्टे नियन्त्रणका लागि झुल, प्यासेन्ट ट्रली, एन्टिजेन किट, भाईरेक्स पाउडर, पोषणयुक्त खानेकुरा, मेडिकल मास्क, टिस्यु पेपर, साबुन, मञ्जन, दाँत माझ्ने ब्रस आदि चाँडै नै सहयोग गर्ने योजना छ” उहाँले बताउनुभयो । 

नागरिक सहायता कक्षका लागि आज सँगसँगै अभियानले एन्टिजेन किट ७५ पिस, भिटिएम १०० पिस, पी.पी.ई सेट १ थान, स्यानिटाईजर ५ लि., ह्यानड स्यानिटाईजर १०० पिस (१२० मि.लि.), मास्क २५ पिस, सर्जिकल मास्क ३०० पिस, एक्जामिनेसन ग्लोभ्स १०० पिस, युटिलिटि ग्लोभ्स १० पिस, अक्सिमिटर १ पिस, डिजिटल थर्मामिटर १ पिस, सिटामोल ५०० ट्याब्लेट, भिटामीन सी ३०० पिस र निम्स २०० ट्याब्लेट सहयोग गरेको छ भने NNSWA ले अटोमेटिक ह्यान्ड स्यानिटाईजर मेसिन १० सेट र स्यानिटाईजर १० सेट (५ लि.) सहयोग गरेको छ । प्राविधिक व्यवस्थापनका कारण हटलाईन नम्बर उपलब्ध नभईन्जेलका लागि अभियानले सार्वजनिक गरेको मोबाईल नम्बर ९८६३६४६२५७ मा कोभिडका कारण स्वास्थ्य समस्या परेका जो कोहिले पनि सम्पर्क राख्न सक्नेछन् । 

यो किसिमको सहकार्यको लागि नगरपालिका नगरप्रमुख पोतीलाल चौधरी ज्युले NNSWA र सँगसँगै अभियानलाई धन्यवाद दिदै सबैले यसरी नै सहकार्य गरी अगाडि बढ्न सकेको खण्डमा पालिकाको कोभिड व्यवस्थापन अझ सुगठित ढंगले जान सक्ने बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु