
भरतपुरमा टिपरकाे ठक्करबाट एक जनाकाे मृत्यु
चितवन: भरतपुर महाननगरपालिका वार्ड नं १५ चितवनकाे कान्छि चाेकमा अाज टिपरकाे ठक्करबाट एक जना महिलाकाे मृत्यु भएकाे छ । तर मृतक महिलाकाे परिचय भने खुलेकाे छैन । पार्बतिपुर जाँदै गरेकाे ना.७ ख ८१११ नम्बरकाे टिपरले साईकलमा जाँदै गरेकि एक महिलालाई ठक्कर दिँदा गम्भीर घाईते भएकि ती महिलाकाे उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपि सूर्य थापाले जानकारि दिनु भयाे । ठक्कर दिने दिपरकाे चालकलाई प्रहरिले नियन्त्रणमा लिएका छन् ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


