
टोखामा युवककाे हत्या अभियोगमा तीनजना पक्राउ
४ चैत, काठमाडौं । काठमाडौंको टोखामा एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । हत्या अभियोगमा भारतीय नागरिक भुपेन्द्र कुमार, रौतहटका मोहम्मद कासिम र अर्का एकजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
गत फागुन २९ गते टोखा नगरपालिका–१ मा मोरङ उर्लाबारीका आशिष लिम्बूको शव फेला परेको थियो । आशिष लागूऔषध दुर्व्यसनीसमेत रहेको बताइएको छ । लागूऔषध सेवन गरी भएको झगडामा कुटपिटपछि उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


