
कञ्चनपुर पुनर्वासका एक युवक नक्कली नोट सहित समातिए
कञ्चनपुर
कञ्चनपुरका पुुुनर्वासका एक युवक नक्कली नोट कारोबारमा समातिएका छ्न । पुनर्वास ६ टाउन बजार निवासी रमेश खाती र काठमाडौ १४ बौद्ध बस्ने बिष्णु भट्ट बेलौरी नगरपालिका १० भुडाबाट पक्राउ परेको प्रहरीले जनाएकाे छ ।
उनीहरूले नेपाली हजार रुपैयाँको नाेट एकथान र पाँच रुपैयाँको नाेट दुइथान नक्कली नोट र नोट बनाउन प्रयोग गरीने कागज,केमिकल लगायतका सामाग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले बताए । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि अहिले इलाका प्रहरी कार्यालय बेलडाँडीमा राखिएको छ ।

[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


