भाईरल सचिन परियार को पहिलो गीत ‘ओठ खोलेर’को म्युजिक भिडियो सार्वजनिक
काठमान्डौ– ९ बर्षका भाईरल बालक सचिन परीयारको पहिलो गीत ‘ओठ खोलेर‘को म्युजिक भिडियो सार्वजनिक भएको छ। गीतमा रबिनलाई बाल गायिका रबिना बसेलले साथ दिएकी छन।
गीतमा गणेश अधिकारीको शब्द अनी महेन्द्र भण्डारीको संगीत रहेको छ । स्मृति तिमील्सिना “गुरुआमा” को निर्देशनमा तयार भएको भिडियोमा सुरेश श्रेष्ठको छायांकन, शिव पौडेलको सम्पादन रहेको छ ।
गीतको भिडियोमा सचिन पारीयार, रबिना बसेलको साथमा कारीश्मा ढकाल, सव्बीइन छेत्री, अर्जुन कुँवर, एलिना रायमाझी लगायत कलाकारको अभिनय रहेको छ। गीतलाई लेक साइड टी भि नामक यूटुब च्यानल बाट शनिबार सार्वजनिक गरिएको हो।
समाचार तयार गर्दासम्म गीतले करिव साढे तीन लाख भन्दा बढी दर्शक पाएको छ । गीतलाई ४३ हजारले लाइक दिएका छन् भने एक हजारले डिसलाइक दिएका छन् ।

[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]





