‘सरकारले डा. गोविन्द केसीको ज्यान लिने नियत राख्यो’

देशभर दबाबमुलक कार्यक्रम जारी राख्न अपिल

२४ असोज, काठमाडौं । सरकारले वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर अनशनरत डा. गोविन्द केसीको ज्यान लिने नियत राखेको आरोप केसी पक्षको वार्ता टोलीले लगाएको छ । केसी पक्षले देशभर दबाबमुलक कार्यक्रम जारी राख्न सबै नागरिकलाई अपिलसमेत गरेको छ ।

सरकार र डा. केसी पक्षबीच शुक्रबार वार्ता भएको थियो । तर वार्तामा कुनै सहमति भएन । सरकार प्रक्रियागत कुरामा पछि हटेकाले सहमति नभएको आरोप केसी पक्षले लगाएको छ ।

केसी पक्षका वार्ता टोली संयोजक डा. जीवन क्षेत्रीले वार्तामा बस्नुअघि अनौपचारिक छलफलबाट बनेको समझदारीको मस्यौदामा सरकारी टोलीले हेरफेर गरेको आरोप लगाएका छन् ।

डा. क्षेत्रीले आज जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘असोज २३ गते दिनभर सरकारी पक्षले आलटाल गरेर वार्तामा ढिलाइ गर्यो । साँझ ढिलो गरी भएको वार्तामा सरकारी पक्ष २२ गते बनेको मस्यौदामा गम्भीर हेरफेरसहितको नयाँ मस्यौदा लिएर प्रस्तुत भयो । यसबाट राजनीतिक नेतृत्वको गैरजिम्मेवारी र संवेदनहीनता मात्र नभई बेइमानी र वार्ता प्रक्रियालाई अनिश्चितकालसम्म लम्ब्याएर डा केसीको ज्यानै लिने नियतसमेत उदांगो भयो ।’

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु