नेकपाले भोलि सचिवालय बैठक बोलायो

१६ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि शनिबार बस्ने भएको छ ।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो । शनिबार अपराहृन ४ बजे बैठक बस्ने भने पनि औपचारिक जानकारी आइनसकेको एक नेताले बताए ।

सचिवालय बैठकमा बिहीबार भएको राजनीतिक नियुक्तिबारे समेत छलफल हुने नेताहरुले बताएका छन् ।

सरकारले बिहीबार शंकरदास बैरागीलाई मुख्य सचिव नियुक्त गर्दै डा. युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु