
पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध
२९ भदौ, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको चोरखोला नजिक पहिरो खस्दा सडक अवरुद्ध बनेको छ । ईच्छाकामना गाउँपालिका-६ स्थित चोरखोला नजिक पहिरो खसेर सडक पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
सडकमा खसेको पहिरो ठूलो भएका कारण पहिरो हटाएर सडक सुचारु गराउन समय लाग्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले जानकारी दिए । यसअघि पनि साेही ठाउँमा पहिराे खसेर सडक अवरुद्ध भएको थियाे ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]