कंचनजंघाको आधार शिविर पदमार्गमा फोहोर संकलन

काठमाडौं । “हिमाल संरक्षणमा युवाको भूमिकाः जनचेतना तथा फोहोर संकलन अभियान” अन्तर्गत हालै विश्वको तेस्रो तथा नेपालको दोस्रो सर्वोच्च हिमशिखर कंचनजंघाको दक्षिणी आधार शिविर पुग्ने याम्फूदिनदेखि ओक्ताङसम्मको पदमार्गमा प्लाष्टिक तथा अन्य अजैविक फोहोर संकलनसंगै फोहोर व्यवस्थापनसम्वन्धी अभिमुखीकरण कार्यक्रमसमेत सम्पन्न भएको छ ।


ताप्लेजुङको सिरीजंघा गाउँपालिकामा पर्ने उक्त क्षेत्रमा पालिकासंगको सहकार्यमा हेकाफ ३६० नामक संस्थाद्धारा आयोजित तथा किर्तिमानी हिमाल आरोही एवम् पिके शेर्पाको नेतृत्वमा संचालित उक्त कार्यक्रममा पालिकाको तर्फबाट शिक्षा शाखा प्रमुख डिल्ली खड्का र स्थानीय ७ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

गत माघ १८ गते देखि माघ २६ गतेसम्म चलेको उक्त अभियानपछि हेकाफ ३६० को टोलीले सिरीजंघा गाउँपालिकाका उपाध्यक्ष डा. चित्र मावो र पालिकाका कर्मचारीहरुसंग त्यस क्षेत्रको वातावरणीय अवस्था, सरसफाई, फोहोर व्यवस्थापन र भविष्यमा चाल्नुपर्ने कदमबारे अन्तरक्रियासमेत गरेको थियो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु



अर्जुन मादेन लिम्बु पहिलो प्रहरका Executive Editor हुन्