
युवा तथा खेलकुद मन्त्री लिम्बु चीन प्रस्थान
काठमाडौं । चीनको हाङझाउमा भोली हुने १९औं एसियाली खेलकुद प्रतियोगिता(एसियाड)को उद्घाटन समारोहमा सहभागी हुन युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु आज चीन प्रस्थान गरेका छन् ।
मन्त्री लिम्बु काठमाडौदेखि एयर चाईनाको उडानबाट सिचुवान प्रान्तको छन्तु हुदै हाङझाउ पुग्ने बताईएको छ । यसपाली एसियाडमा नेपालका तर्फबाट २९ खेलमा दुई सय ५३ खेलाडीको सहभागिता रहनेछ। जसमा एक सय २७ महिला र एक सय २६ पुरुष खेलाडी सहभागी हुनेछन् ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


