कांग्रेस चितवनको अधिवेशनः १४ गते उम्मेद्वारी दर्ता, १५ गते मतदान

मतदान स्थलमा भड्किला प्रचार सामग्री राख्न नपाइने\

चितवन, फागुन ८–

नेपाली कांग्रेस चितवनले जिल्ला अधिवेशनलाई भव्यताका साथ सम्पन्न गर्न निर्वाचन प्रक्रियालाई अघि बढाएको छ ।

आज बसेको जिल्ला समितिको बैठकले फागुन १५ गते व्यवस्थित रुपमा जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ । निर्वाचनलाई व्यवस्थित र सभ्य बनाउन निर्वाचन स्थलमा फ्लेक्स प्रिन्ट, होर्डिङ बोर्ड जस्ता प्रचार सामग्रीहरु प्रयोग गर्न नपाइने निर्णय गरिएको जिल्ला सभापति जितनारायण श्रेष्ठले जानकारी दिए ।

निर्वाचन तालिका अनुसार १४ गते उम्मेद्वारी मनोनयन पत्र दर्ता र १५ गते मतदान हुने सभापति श्रेष्ठले बताए । उनले जिल्ला अधिवेशन भरतपुरस्थित चितवन मिड टाउन रिसोर्टमा गर्ने निर्णय गरिएको जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु