भगवती हाइड्रोपावरको आईपीओ आउँदै

२० पुस, काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रक्रिया शुरुवात समेत गरिसकेको छ ।

साधारण शेयरको सार्वजनिक निष्कासन तथा बिक्री प्रबन्धकमा कम्पनीले सिद्धार्थ क्यापिटललाई नियुक्त गरेको छ ।

कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता अंकित मूल्य १०० दरका १४ लाख ३० हजार १६२ कित्ता साधारण शेयरको सार्वजनिक निष्कासन गर्न लागेको हो ।

सम्झौतामा कम्पनीका कार्यकारी अध्यक्ष हरिप्रसाद पाण्डे र सिद्धार्थ क्यापिटलका चन्दन कार्कीले हस्ताक्षर गरे ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु