अबको केही दिन घाम लाग्ने, अर्को सातादेखि मौसम बद्ली ‍हुने

चितवन,पुस १६-

पानी पर्न रोकिए पनि अधिकतम तापक्रम घट्दा देशरभर चिसो बढेको छ । केही दिनदेखिको पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कमजोर बनेसँगै हिउँदे वर्षा रोकिएको छ । अबको केही दिन बिहान बेलुका हुस्सु, कुहिरो लागे पनि दिउँसोको समयमा घाम लाग्ने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

उहाँकाअनुसार आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ । अन्य क्षेत्रमा भने घाम लाग्ने उहाँले बताउनुभयो ।

अब आउँदो बिहीवारसम्मकै मौसम घमाइलो हुने पूर्वानुमान गरिएको छ । तर, बिहीवारदेखि भने फेरि पानी पार्ने प्रणाली नेपाल प्रवेश गर्ने सङ्केत देखिएको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु