
प्रकाशमानलाई भेट्न ठमेल पुगे देउवा
२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेता प्रकाशमान सिंहलाई भेट्न ठमेलको चाक्सीबारी पुगेका छन् । सभापति पदका लागि दोस्रो चरणको निर्वाचन हुने भएपछि छलफलका लागि देउवा सिंह निवास चाक्सीबारी पुगेका हुन् ।
यसअघि प्रकाशमानसँग शेखर कोइरालाले भेटेका थिए । त्यसअघि देउवा निकट बालकृष्ण खाँण र वीरबहादुर बलायरले पनि प्रकाशमानसँग भेटेका थिए ।
दोस्रो चरणको निर्वाचनमा देउवा र शेखर कोइरालाबीच सभापति पदमा प्रतिस्पर्धा हुने छ । त्यसैले तेस्रो स्थानमा रहेका प्रकाशमानलाई आफ्नो पक्षतिर तान्न देउवा र कोइराला प्रयासरत छन् ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


