संयुक्त राष्ट्रसंघ दिवस : शान्ति सेनाको गुणात्मक वृद्धिमा जोड

७ कात्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघ दिवसको अवसरमा काभ्रेको पाँचखालमा आयोजित एक कार्यक्रमका वक्ताहरुले नेपाली शान्ति सैनिकको गुणात्मक वृद्धिमा जोड दिनुपर्ने बताएका छन् ।

संख्यात्मकरुपमा नेपाली फौजले दोस्रो सबैभन्दा धेरै उपस्थिति जनाइसकेको अवस्थामा अब गुणात्मक वृद्धिमा जोड दिनुपर्ने बताइएको हो ।

नेपाली सेनाले काभ्रेको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रमा आयोजना गरेको कार्यक्रममा रक्षामन्त्री डा. मिनेन्द्र रिजालले भने, ‘संख्यात्मकरुपमा हाम्रो उपस्थिति बलियो भइरहेको छ, अब गुणात्मक विकासलाई पनि जोड दिनुपर्छ ।’ शान्ति सेनामा सहभागिता जनाएको ७६ वर्षमा नेपाल र संयुक्त राष्ट्र संघले पृथक सम्बन्ध बनाएको पनि उनले बताए ।

नेपाली शान्ति सैनिकले जस्तोसुकै चुनौतिलाई पनि स्वीकार गरेर देशको गौरव बढाएको उनले बताए । ‘कठिन क्षेत्रमा पनि निःस्वार्थरुपमा काम गरेर शान्ति सैनिकले यूएन मिसनमा नेपालको फरक उपस्थिति कायम गराएका छन्’ उनले भने ।

केन्द्रका प्रमुख सहयाक रथी सुदर्शन सिलवालले हालसम्म १४ वटा मिसनमा १ लाख ३६ हजार नेपाली सैनिक सहभागी भइसकेको बताए । साथै, शान्ति स्थापना कार्यमा खटिने क्रममा ६८ जनाले ज्यान गुमाएको उनले बताए ।

सोही अनुसारमा २००५ मा ज्यान गुमाउने प्रमुख सेनानी कविन्द्रजंग थापाको परिवारलाई सम्मानसहित मेडल प्रदान गरियो । उनकी श्रीमती इला बस्नेतले मेडल ग्रहण गर्दै सेनाले आफ्नो दिवंगत पतिलाई वर्षेनि सम्झिने गरेकोप्रति खुशी व्यक्त गरिन् ।

‘सुरुका वर्षहरुमा धेरै गाह्रो भए, अहिले श्रीमानप्रति गौरव लाग्छ’ उनले भनिन् । सेनाका अनुसार थापाले कंगोमा मानवअधिकारकर्मीको टोलीलाई जोउन आफ्नो ज्यानको आहुती दिएका थिए ।

Sagoon Host

सोही अवसरमा शान्ति स्थापनाका लागि खटिँदा उत्कृष्ट कार्यक्षमता प्रस्तुत गरेको भन्दै मेजर विज्ञान विष्टलाई सम्मान गरियो । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा १९७४ देखि नेपाली सेनाको टोली जान थालेको हो । प्रहरीको टोली १९९२ र एपीएफको टोली २००२ देखि गएको हो ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु