नेपाली कांग्रेस चितवनको क्रियाशिल विवाद टुङिगयो, नाम छुटेकालाई सम्पर्क गर्न अनुरोध

चितवन, भदौ १२–

अन्ततः नेपाली कांग्रेसले चितवनको क्रियाशिल सदस्यता विवाद टुगो लगाएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको लागि केन्द्रीय क्रियाशील सदस्यता छानविन समितिले कार्यसम्पन्न गरेको हो । जस अनुसारको क्रियाशील सदस्यको नामावली नेपाली कांग्रेस निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेवसाइटमा प्रकाशित गरिएको संयोजक महादेव प्रसाद यादवले जानकारी दिए ।

यससंगै जिल्ला निर्वाचन अधिकृत समेत खटाइ सकिएको छ ।

कांग्रेसले क्रियाशील सदस्यताको विवरण वेवसाइटमा राखेपछि कांग्रेस चितवनले आ–आफ्नो रुजु गर्न अनुरोध गरेको छ ।

जिल्ला सभापति जितनारायण श्रेष्ठले शनिबार एक सूचना जारी गर्दै नामावलीको सम्बन्धमा केही प्रतिक्रिया भए तुरुन्त सम्पर्क गर्न आग्रह गरेका छन् । जसका लागि सभापति श्रेष्ठसंगै सचिव उत्तम जोशी र सहसचिव सूर्य अर्याललाई सम्पर्क गर्न सकिने सभापति श्रेष्ठले जानकारी दिए ।

Sagoon Host
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु