पुनर्वास नगरपालिकाको नवौं नगर सभाद्वारा उत्कृष्ट पत्रकारका रुपमा हरिलाल जोशी पुरस्कृत

कञ्चनपुर १० असार – कञ्चनपुर जिल्लाको दक्षिणी भेगमा कृयाशिल पत्रकार हरिलाल जोशीलाई पुनर्वास नगरपालिकाको नवौं नगर सभाका अबसरमा नगर सुशासन पत्रकारिता पुरस्कार- २०७७ बाट पुरस्कृत गरिएको छ ।

नगरको समग्र सार्वजनिक सेवा प्रवाहलाई सुशासन युक्त बनाउन सुशासन सम्बन्धी रिपोर्टिङ गरि सुशासन कायम राख्न भुमिका उल्लेखनीय निर्वाह गरेको पत्रकारितामा महत्वपूर्ण योगदान तथा नागरिकमा सूचनाको पहुँच पुर्याउनका साथमा पत्रकारिताको विकासमा योगदान गरेको भन्दै बिहीबार आयोजित पुनर्वास नगरपालीकाको नवौं नगरसभामा हेल्लो पुनर्वास दैनिक पत्रिकाका पत्रकार जोशीलाई पुरस्कार सहित पाँच हजार नगदले पुरस्कृत गरिएको हो।

पत्रकार जोशी पुनर्वास – बेलौरी व्यूरो प्रमुख सम्पादकका रुपमा कञ्चनपुर जिल्लामा पत्रकारिता गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु