प्रताप दाश र रचना रिमालको स्वरमा ‘माया तिरिरीरी’ सार्बजनीक (भिडियो )
काठमान्डौ– हरेक सिर्जना सार्वजनिक हुँदा चर्चामा रहँदै आएका र लगातार लोकप्रियताको शिखर चढिरहेका अहिलेका चर्चित गीतकार ध्रुव प्रसाद अम्गाईको अर्को नयाँ गीत ‘माया तिरिरीरी ‘ आज माघ एक गते आफ्नो जन्मदिनको अबसर पारेर सार्वजनिक गरेका छन।
गीतकार अंम्गाईले राधा र कृष्ण्को प्रेम काहानीलाई समेट्दै नेपाली समसामयिक बिषयमा आधारीत उक्त गीत Enakshi Entertaintmet YouTube Channel मार्फत सार्बजनीक गरेका हुन।

रचना रिमाल र प्रताप दाशको यूगल स्वर रहेको गीत माया तिरिरीरीमा संगितकार तथा गायक राज सागरको संगीत रहेको छ भने संगीत सन्योजन शाहस शाक्यको रहेको छ।
निर्देशक शिशिर श्रेष्ठको निर्देशन रहेको उक्त गीतमा अहिले निकै चर्चामा रहेका जोडी सुधिर श्रेष्ठ र समीक्षा पोखरेलको अभिनय देख्न सकिन्छ। भिडियोको कोरियोग्राफी शुबोल थापाले गरेका हुन भने अमृत चापागाइँले खिचेका हुन।
गीतकार अम्गाईका बिहानीको घामको झुल्को, माया हे माया, काले केटा २, तिमीलाई सन्देश,नजुरेको लगन, मन खोलेर गाउँ है गीत, न भुल्न सक्ने, घरमा कुरा, मखमली चोली, फूल दिऊँ त ओईली जाला, कैले माया यता कैले उता, पछि पछि बैंशालु मायाले लागायत थुप्रै गीतहरु बजारमा आइसकेका छन।
केही समय अघि मात्र सार्वजनिक भएको गीत काले केटा २ को भिडियोले युट्युबमा ३४ लाख भन्दा बढी भ्युज पाइसकेको छ । प्रवाशमा बसेर सिर्जनामा निरन्तर लागिरहेका खरो र प्रष्ट स्वभावका गीतकार ध्रुव प्रसाद अम्गाई समाजसेवी पनि हुन् ।

उनी समसामयिक र यथार्थपरक गीत लेख्न बढी मन पराउँछन् । चाँडै अन्य गीतका पनि भिडियो आउने तयारी भईरहेको कुरा उनले पहिलो प्रहरलाई जानकारी गराए ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



