
वालिङमा बालुवा झिक्ने क्रममा पुरिएर एकजनाको मृत्यु
१३ असोज, वालिङ । बालुवा झिक्ने क्रममा पुरिएर वालिङमा मंगलबार एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वालिङ-११ पेखुका ३७ वर्षीय दुर्गाबहादुर थापा रहेको प्रहरीले जनाएको छ । बालुवा निकाल्ने क्रममा मंगलबार बिहान पुरिएर गम्भीर घाइते भएका थापाको उपचारका क्रममा मृत्यु भएको गह्रौँ प्राथमिक अस्पतालका सूचना अधिकारी देवेन्द्रप्रसाद भट्टराईले बताए ।
उनीसँगै बालुवा निकाल्ने क्रममा स्थानीयवासी ३५ वर्षीया मुना थापा र ३१ वर्षीया नारायणी सिञ्जाली घाइते भएका छन ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


