गायक राज खम्बु र गायिका सुजता वेर्माको स्वरमा सजिएको गीत ”मुना” युट्युबमा यतिबेला ट्रेंडिंग तीन मा
२५ भदौ , बनेपा ।
गायक राज खम्बु र गायिका सुजता वेर्माको स्वरमा सजिएको गीत ”मुना” युट्युबमा यतिबेला ट्रेण्डिण्ग तीन मा छ ।
२०७७ भदौ १९ गते “एट के एभरेष्ट मोसन पिक्चरस” नामक युट्युब च्यानल मार्फत गीतलाई सार्वजनिक गरिएको थियो ।
यो समाचार तयार पार्दा खेरी मुना नामक गितलाई २० लाख ७२ हजार ५ सय ६० पटक युट्युबमा हेरिएको छ ।
मुना नामक गितलाई मोहित मुनालले एरेन्ज गर्नुभएको यस गीतलाई मनिक पाखृनले निर्देशन गर्नुभएको हो । भने भिडियोको छायांकन अर्जुन तिवारिको टिमले गर्नुभएको हो साथै सम्पादन सुपृम पराजुलिले गर्नुभएको छ ।
“हेपी मलाई मुनाले दुब्लो हुनाले” बोल रहेको गितमा नाजिर हुसेन श्वासतिमा खड्का र रियाशा दाहालले अभिनय गर्नुभएको छ ।
“हेपी मलाई मुनाले दुब्लो हुनाले” गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस ।

[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



