अध्यागमनले पर्यटकलाई भन्यो- अनअराइभल भिसाका लागि २०० सय डलर बोकेर आउनू

अध्यागमन विभागले अनअराइभल भिसा लिने पर्यटकलाई साथमा २०० अमेरिकी डलर बोकेर आउन भनेको छ। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका प्रमुख पुष्प शाहीका अनुसार एक साताअघि पर्यटकलाई यस्तो आग्रह गरिएको जानकारी दिए।

विमानस्थलमा रहेको एउटामात्र एटिएम कार्डमा धेरै भिडभाड हुने भएकाले भिजा कार्ड र  मास्टर कार्डबाट पैसा निकाल्न कठिन हुने भन्दै अध्यागमनले यस्तो आग्रह गरेको शाहीले बताए।

‘यहाँको एटिएमले कामै गर्दैन। हामीले  राष्ट्र बैंकलाई पटक-पटक भनिसक्यौं तर एटिएम बन्दैन,’ शाहीले भने,‘साथमा डलर नभएका पर्यटकलाई प्रहरीसहित पठाएर बाहिरका एटिएमबाट पैसा झिक्न लगाएरमात्रै भिसा दिनुपर्ने अवस्था आएपछि यस्तो अनुरोध गरेका हौं।’

कोरोनाका कारण रोकिएको पर्यटक आवागमन पछिल्लो समय बढेको छ। पर्यटक बढे पनि पूर्वाधार नहुँदा पर्यटकले विमानस्थलमा सास्ती भोग्नुपरिरहेको छ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु