आजको मौसमः मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

चितवन,माघ २०-

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ । प्रदेश न १ बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका तराई भूभागमा आंशिक बदली रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार सुदूरपश्चिम , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ । सुदूरपश्चिम , कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा मेघ गर्जनरचट्याङ सहित हल्कादेखि मध्यम वर्षा र अन्य प्रदेशका पहाडी भूभागहरूका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु