सप्तरीमा करेन्ट लागेर एकै परिवारका चार जना गम्भीर घाइते

४ कात्तिक, सप्तरी । सप्तरीमा करेन्ट लागेर एकै परिवारका चार जना घाइते भएका छन् । सदरमुकाम राजविराज नगरपालिका वडा नम्बर ६ मा बिहीबार बिहान करेन्ट लाग्दा एकै परिवारका चार जना घाइते भएका हुन् ।

आफ्नै  घरको छतमा झुण्डिएको होडिङ बोर्ड हावाले झरेर नजिकै रहेको ११ हजार भोल्टको विद्युतीय तारमा ठोक्किएको थियो । त्यो होडिङ बोर्ड हटाउने क्रममा ४० वर्षीय शिव नारायण साहलाई करेन्ट लागेको थियो ।

साहलाई करेन्ट लागेपछि छुटाउन जाँदा उनकी ३५ वर्षीया पत्नी संतोसी साह, ३८ वर्षीया भाउजु राजकुमारी साह र भतिजो १८ वर्षीय रक्षित साहलाई पनि करेन्ट लागेको पारिवारिक स्रोतले जनाएको छ ।

करेन्ट लागेर सिकिस्त भएका चारै जनाको गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजमा उपचार भइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु