
करणी गरेको आरोपमा लुभुबाट एकजना पक्राउ
२४ भदौ, ललितपुर । प्रहरीले करणी गरेको आरोपमा लुभुबाट एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा महालक्ष्मी नगरपालिका-९ लुभु चेतना चोकस्थित किराना होलसेल पसल संचालन गरी बस्ने ३७ वर्षीय रमेश थापा मगर रहेका छन् ।
३२ वर्षीया महिलालाई पसलभित्र मंगलबार साँझ जबरजस्ती करणी गरेको सूचनाको आधारमा उनलाई बुधबार पक्राउ गरेको महानगरीय प्रहरी प्रभाग लुभुबाट खटिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


