ट्याक्टरलाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु

६ चैत, सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्‍चनरुप नगरपालिकामा ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

ट्रकको ठक्करबाट मृत्‍यु हुनेमा बारा जिल्लाको दक्षिण झिटकैया निवासी ३५ वर्षीय जलिल मियाँ मन्सुरी रहेको सप्तरी प्रहरीका प्रबक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए ।

गरपालिकाको वडा नम्बर ११ स्थित सडक खण्डमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.६ख ३४२५ नम्बरको ट्रकले सोही दिशातर्फ जाँदै गरेको ना.६त ६१९९ नम्बरको ट्याक्टरलाई पछाडिबाट ठक्कर दिएको प्रहरीले जनाएको छ ।

ठक्करले गम्भीर घाइते भएका मन्सुरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिई फरार भएका त्यसका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु