पार्टीमा केपी ओलीको योगदान छैन भन्नेहरूलाई आफ्नो लोकप्रियता नाप्ने अवसर आयो: प्रधानमन्त्री

काठमाडौं, पुस ६ -प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई निकास दिनै पर्ने भएकाले संसद विघटन गरी निर्वाचन घोषणा गरेको बताएका छन्।

सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्दै उनले प्रतिनिधिसभालाई दलभित्रको कचिंगलको बन्धक बनाउन नहुने भएकाले विघटन गरेको बताए।

उनले विगतका सबै तीता पीरा कुरा बिर्सेर निर्वाचनमा सघाउन पार्टीपंक्तिलाई आग्रह गरे।

निर्वाचनले पार्टी एकतालाई बलियो बनाउने ओलीको तर्क छ।

‘पार्टीमा केपी ओलीको केही योगदान छैन भन्नेहरूलाई लोकप्रियताको मापन गर्ने अवसर सिर्जना भएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीको कुर्सीमा पुग्ने नेतालाई पनि अवसर छ।’

चुनाव लोकतन्त्रको उन्नत अभ्यास भएको भन्दै उनले सरकारले काम गर्न नसके पुनरावेदन गर्न जाने ठाउँ निर्वाचन भएको बताए।

Sagoon Host

कुनै पनि कुरामा नअल्मलिकन निर्वाचनमा केन्द्रित हुन उनले सबैलाई अनुरोध गरे।

 

प्रधानमन्त्रीले देशबासीका नाममा गरेको सम्बोधन

https://fb.watch/2w9enqlZEK/

 

 

 

 

 

20% OFF SAGOON
फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु