गुमनाम छैनन सज्जा, यि हुन उनका आउँदै गरेका २ गीतहरु

 

काठमाडौंसज्जा चौलागाईं यो नाम सुन्ने बित्तिकै सबैको मन मस्तिस्कमा नेपाल आईडल सिजन ३ को त्यो पल याद आइहाल्छ। बोल्ड आवाजकी धनी सज्जाले सबैका मन जितिन र सर्बाधिक मत संगै नेपाल आईडल सिजन ३ की विजेता पनि  बनिन।

कोरोना कहरले गर्दा अघिल्ला सिजनका जस्ता कार्यक्रम हुन सकेन । सामाजिक दुरी कायम संगै सिजनको ग्रान्ड फिनाले कार्यक्रम समापन गरिएको थियो।

धेरैले सज्जालाई खोजिरहदा सज्जा भने गुमनाम जस्तै देखिएता पनि उनी लगातार गीत संगीत कै तयारीमा लागिरहेकी छिन। सज्जाका विभिन्न गीतहरु सार्वजनिक भईसकेका छन् भने उनका अन्य थुप्रै गीतहरु सार्वजनिक हुने तयारीमा छन् ।

सज्जा चौलागाईं

पहिलो महिला नेपाल आईडल हुनुका साथै रक गीत र मेलोडी गीतलाई पनि न्याय दिनसक्ने खुबी भएका कारण सज्जाका गीतहरुलाई धेरै दर्शक र फ्यानहरुले पर्खिरहेका छन् ।

सज्जाको गीत सुन्न आतुर दर्शकहरुले उनका केही राम्रा गीतहरु यसअघि नै सुन्ने मौका पनि पाईसकेका छन् । यसैबिच सज्जाका थप दुई वटा गीतहरु सार्वजनिक हुने तयारीमा छन् ।

 

 

Sagoon Host

छिट्टै आउँदै छन ‘आफ्नो कथा’ र ‘गल्ती २’

 

त्यस्तै सज्जा चौलागाईको आवाजमा आउन लागेको अर्को गीत हो ‘आफ्नो कथा’ । सज्जाको आवाजमा तयार हुन थालेको ‘आफ्नो कथा’ गीतमा गायत्री पाण्डेको शब्द तथा आर.के लामाको संगीत रहेको छ । गीतलाई गायक तथा एरेञ्जर विनय कार्की क्षेत्रीले एरेञ्ज गरेका छन् । आरोही ईन्टरटेन्मेन्टले गीत तयार पार्दै छ ।

गायक तथा संगितकार आर.के लामा

 

 

20% OFF SAGOON

यो गीत बारे एरेञ्जर कार्कीले सामाजिक सञ्जाल मार्फत अक्टोबर ५ तारिखमा जानकारी दिएका थिए । सज्जाको यस अघि गुलाफ सरी, क्या राम्री देखिया छु, हुन्न हुन्न हुँदै हुन्न लगायतको गीतहरु सार्वजनिक भएर चर्चामा आईसकेका छन् । आशा गरौ उनका आउँदो गीतहरुले पक्कै पनि दर्शकको मन जित्ने छ ।

सज्जा चौलागाईको आउन लागेको एक गीत हो ‘गल्ती २’ । नेपाल आईडल सिजन २ का चर्चित प्रतियोगी बिक्रम बरालको ‘गल्ती’ गीतको सिक्वेलका रुपमा बन्न थालेको यस गीतमा सज्जा चौलागाईको दमदार आवाज सुन्न सकिनेछ ।

कोरोना कहरले गर्दा अघिल्ला सिजनका जस्ता कार्यक्रम हुन सकेन । सामाजिक दुरी कायम संगै सिजनको ग्रान्ड फिनाले कार्यक्रम समापन गरिएको थियो।

विक्रमको यो चर्चित गीतलाई विक्रम र सज्जाले नेपाल आईडल सिजन ३ को स्टेजमा पनि प्रस्तुत गरेकी थिइन । त्यस समयमा यस प्रस्तुतिबाटै अवार्ड जितेको यो जोडीको ‘गल्ती २’ को तयारी भाईरहेको बारेमा गायक विक्रम बरालले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् । अक्टोबर १० तारिखमा अपडेट गरिएको पोष्ट अनुसार पहिलो गीतकै टिमले यो गीत तयार पारेको देखिएको छ ।

सज्जा चौलागाईं

विक्रम बरालको आवाजमा रहेको गीत ‘गल्ती’लाई दर्शक श्रोताले निकै रुचाएका थिए। प्रदिप चापागाईको शब्द तथा कल्याण सिंहको संगीत रहेको यो गीतलाई विशाल पौडेलले एरेञ्ज गरेका थिए साथै गीतको म्युजिक भिडियोमा नायक आशिरमान र नायिका स्वस्तिमा खड्का जस्ता चर्चित कलाकारहरुको अभिनय रहेको थियो ।  # सज्जा चौलागाईं

ग्रान्ड फिनाले कार्यक्रमको भिडियो हेर्नुहोस्

 

यो पनि हेर्नुहोस्- रामकृष्ण ढकालको नयाँ गीत ‘ साँझ ढल्यो ‘ बजारमा (भिडियो )

 

 

 

 

 

 

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु