रोजगारी गुमेका अतिविपन्न ५ लाख परिवारलाई निवेदनको आह्वान

काठमाडौँ, कात्तिक २५-

सरकारले कोरोना महामारीको समयमा रोजगारी गुमाएकै कारण जीविकोपार्जनको गर्न कठिन भएका अति विपन्न पाँच लाख परिवारलाई राहत रकम लिनका निवेदन दिन आह्वान गरेको छ।

सरकारले राहतस्वरूप रोजगारी र आयआर्जनका अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रका अति विपन्न ५ लाख परिवारलाई १० हजार रुपैयाँ दिन लागेको हो।

यसैको दाबी गरी तोकिएको ढाँचामा निवेदन पेस गर्न अर्थ मन्त्रालयले सम्बन्धित परिवारलाई आग्रह गरेको हो। राहत रकम प्राप्त गर्न आफू स्थायी वा अस्थायी रूपमा बसोको सम्बन्धित वडा कार्यालयमा १५ दिनभित्र निवेदन दिनु पर्ने छ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु