
आर्मी सेमिफाइनलमा
१२ कात्तिक, काठमाडौं । नेपाल आर्मी भेट्रान्स क्लब मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शुक्रबार भएको पहिलो क्वाटरफाइनल खेलमा भनिमण्डल भेट्रान्सलाई ३–० ले पराजित गर्दै आर्मीले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आर्मीलाई जित दिलाउन राजु तामाङ, विकर्ण श्रेष्ठ र हरी महतोले एक–एक गोल गरे ।
राजुले खेलको छैठौं मिनेटमै गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए । विकर्णले १६औं र हरीले ४९ औं मिनेटमा गोल गरे ।
आर्मीका हरी महतो खेलको म्यान अफ द म्याच घोषित भए । अन्य तीन क्वाटरफाइनल खेल पनि शुक्रबारै हुनेछ ।
[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



