संसद अवरोधप्रति एमालेभित्रै असन्तुष्टि

५ कात्तिक, काठमाडौं । प्रतिनिधिसभा अवरोधप्रति एमालेभित्रै असन्तुष्टि देखिएको छ । बिहीबार शुरु भएको स्थायी कमिटी बैठकमा स्थायी कमिटी सदस्य रघुजी पन्तले संसद अवरोधबारे पुनर्विचार गर्नुपर्ने माग राखेका हुन् ।

लगातार संसद अवरोध गरिरहँदा सत्तारुढ दललाई फाइदा पुगेको पन्तले बताए । ‘लगातार संसद अवरोध भइरहँदा भटाभट विधेयकहरु फिर्ता हुने अनि अध्यादेशबाट देश चलाउने भइरहेको छ । अध्यादेशबाट देश चलाउने कुरा लोकतान्त्रिक होइन,’ उनले भने ।

संसदलाई लोकतान्त्रिक बनाउन पनि एमालेले अवरोधको नीतिबारे पुनर्विचार गर्नुपर्ने पन्तको तर्क छ । ‘संसदलाई क्रियाशील बनाउनुपर्छ र बाढी, पहिरो लगायत राष्ट्रिय समस्यामाथि सरकारलाई दबाब सिर्जना गर्नुपर्छ,’ पन्तले भनेका थिए ।

माधव नेपाल सहित १४ सांसदलाई पार्टीले गरेको कारबाही सभामुख अग्निप्रसाद सापकोटाले कार्यान्वयन नगरेको भन्दै गत २३ भदौदेखि एमालेले संसद चल्न दिएको छैन ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु