सिओई प्राप्त विद्यार्थीका लागि निप्पोनको अन्तरक्रियात्मक कार्यक्रम

चितवन – चितवनको नारायणगढस्थित निप्पोन एजुकेशनल सेन्टरको अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । जापान जाने तयारीमा रहेका विद्यार्थीहरुका लागि आज (बुधबार) अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सिओई प्राप्त एक सय जना विद्यार्थीहरु सहभागी थिए । उनीहरुलाई निप्पोनका प्रवन्ध निर्देशक दीपकचन्द्र भट्टराईले कोरोना महामारी र जापानको वर्तमान अवस्था बारे जानकारी गराएका थिए । उनले सिओई प्राप्त गरेर बसेका विद्यार्थीहरुको मानसिकता बारे पनि प्रकाश पारेका थिए । उनले जापान सरकारले कुन खोप लगाएकालाई प्रवेश गर्न दिने भन्ने निर्धारणा गरिसकेकोले अब छिट्टै अवस्था सहज हुने बताए । जापान बाहिरी देशबाट विद्यार्थीहरुलाई प्रवेश दिने तयारी गरिरहेको पनि उनले जानकारी गराए । उनले जापानमा स्वास्थ्य संकटकाल अन्त्य भएकोले अब सिओई प्राप्त विद्यार्थीहरु छिट्टै जान पाउने विश्वास समेत व्यक्त गरे । नेपाली विद्यार्थी भित्र्याउन जापान सरकार सकारात्मक रहेको उनको भनाई थियो । उनका अनुसार चितवनमा दशैं लगत्तै भौतिक उपस्थितिमा नै जापानिज भाषाका कक्षा सुरु हुनेछ । कार्यक्रममा विद्यार्थीहरुले जापानको वर्तमान अवस्था र जाने तयारीमा रहेका विद्यार्थीको अवस्थाका बिषयमा जिज्ञासा राखेका थिए । भट्टराईले विद्यार्थीहरुले राखेका जिज्ञासाको जवाफ दिएका थिए । यसैबीच निप्पोनले सिओई आएर बसेका विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिएको छ । निप्पोनको चितवनस्थित सबै शाखाका एक सय १५ जना विद्यार्थीले सिओई प्राप्त गरेका छन् । सोही कार्यक्रममा दशैंको शुभकामना आदान प्रदान समेत गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु