
सिटिईभिटिको डिप्लोमा तथा प्रमाणपत्र तहको छात्रवृत्ति निशुल्क छनोटका लागि आवेदन माग
रूपेश वि.क, कञ्चनपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिईभिटि) परीक्षा नियन्त्रण कार्यलयले शैक्षिक सत्र २०७८ /०७९ मा डिप्लोमा तथा प्रमाणपत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्ति छनोटका लागि आवेदन फारम खुला गरेको छ ।
सिटिईभिटि परीक्षा नियन्त्रण कार्यलयबाट सञ्चालन हुने डिप्लोमा तथा प्रमाण पत्र तहका विभिन्न शैक्षिक कार्यक्रमहरुमा छात्रवृत्ति छनोटका लागि आवेदन फारम खुला गरेको हो ।
परिषदबाट सञ्चालन सम्बन्धन स्वीकृति प्राप्त आंगिक,साझेदरी, टेक्स तथा निजी शिक्षण संस्थाहरुमा निर्धारण गरिएको वर्गीकृत छात्रवृत्ति कोटामा भर्नाका लागि योग्यता पुगेका व्याक्तिले भदौ २२ गते भित्र आवेदन फारम भर्नु पर्ने जनाएको छ।
छात्रवृत्तिको लागि आवेदन अनलाईबाट दिन सकिने छ भने आवेदन भाद्र ६ गतेबाट २२ गरे सम्म दिन मिल्ने छ। अनलाईन आवेदन भर्नका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् वेवसाइट ctevt.org.np मा गएर फाराम भर्न सकिने छ।


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]



