पीएम कपमा एपीएफ आर्मीविरुद्ध टस हारेर ब्याटिङ गर्दै

१२ माघ, काठमाडौं । चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज समूह चरणका अन्तिम दुई खेल हुँदैछन् ।

समहू ए मा रहेका दुई विभागीय टोली एपीएफ र त्रिभुवन आर्मी क्लबबीच कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा खेल हुनेछ । यस्तै समूह बी मा रहेका नेपाल पुलिस क्लब र प्रदेश २ बीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

आर्मीले टस जितेर फिल्डिङ रोजेपछि एपीएफले पहिले ब्याटिङ गर्दैछ ।

समूह ए बाट एपीएफ र आर्मी यसअघि नै लगातार तीन खेल जित्दै सेमिफाइनलमा प्रवेश गरिसकेकोले यस खेल समूह विजेता बन्नको लागि निर्णायक हुनेछ । एपीएफले र आर्मीले समूह चरणमा गण्डकी, कर्णाली र प्रदेश १ लाई पराजित गरेको थियो ।

यस समूहको विजेताले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ । यस्तै समूह उपविजेताले भने समूह बी को विजेता बनिसकेको बागमती प्रदेशसँग खेल्नेछ ।

फेसबुक प्रतिक्रियाहरु


[ तपाईसंग वा तपाईको वरिपरी पनि कुनै प्रतिभा, रचना र विकृति विसंगतीका घटना छन् भने हामीलाई pahiloprahar2020@gmail.com मा इमेल गर्नुहोस अथवा 9805408955 मा सिधा सम्पर्क गर्नुहोस् हामी तपाईलाई उच्च प्राथमिकता दिनेछौं । धन्यबाद ।। ]


नेपाली गीतहरु